कैलालीमा भीषण हावाहुरी(अपडेट)
कैलाली कञ्चनपुर लगायतका स्थानमा विहीबार भीषण हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । बिहीबार राति आएको हावाहुरीका कारण धनगढीमा गोदावरी नगरपालिकाका २४ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा परी १०० जना घाइते भएका छन् उनीहरुको कैलालीका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । धनगढीमा बिहीबार राति ८ बजेदेखि आधा घन्टा तीब्र हावाहुरी चलेको थियो । यो घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments

