हरी उपरिक्षक दान वहादुर कार्कीलाई लेखनाथ उद्योग बाणिज्य संघको स्वागत
प्र
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर कार्कीले धेरै भन्दा धेरै सुरक्षाका विषयहरु प्रहरीसँग सम्वन्धित नभई नागरिक स्वयंबाट शुरु हुने बताउनुभएको छ । उहाँले सुरक्षा स्वयं आफुहरुबाट शुरु हुने हुदा समाजलाई संवृद्ध बनाउन सवैले आफ्नो स्थान र घरबाट शुरु गर्नुपर्ने कुरा बताउनुभयो ।
कास्कीमा भर्खरै मात्र शरुवा भई आउनुभएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षकको स्वागत तथा सम्मानका लागि लेखनाथ उद्योग वाणिज्य संघले राखेको कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनुभएको हो । उहाँले व्यवसायीहरु देशको अर्थतन्त्रका चालक तथा समृद्ध समाज निर्माणको वाहक रहेको बताउनुहुदैं शान्ति सुरक्षामा पनि अहम भुमिका हुने बताउनुभयो ।
संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका वडाध्यक्षहरु वडा नं २७ का पूर्णकुमार गुरुङ, २९ का अध्यक्ष चेतवहादुर गुरुङ, ३० का श्रीराम पोख्रेल, ३१ का कमल वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संस्थापक अध्यक्ष चन्द्र्रकृष्ण कर्माचार्य, राजनैतिक पार्टीका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिले लागुऔषध, दुव्र्यसनी विसंगति जस्ता विकृतीलाई न्युनिकरण गर्दै शान्ति सुरक्षा र विकासलाई सँगसँगै अगाडि बढाउनका लागि आग्रह गरेका थिए । संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रम संचालन संघका महासचिव भरतकुमार अधिकारीले गर्नुभएको थियो ।

