वृहत सरसफाई अभियानद्वारा डस्विन वितरण

पोखरा वृहत उपत्यका सरसफाई अभियानले सरसफाइ अनुगमन समिति पोखरा महानगरपालिका वडा नं. ९ लाई सोमबार डस्विन वितरण गरेको छ । सोही कार्यक्रमा दरबारथोक टोलमा रहेका चण्डीका आमा समुह, दरबारथोक टोल विकास संस्था, चण्डिमाई सेवा समिति, योग केन्द्रलगाएत विभिन्न व्यक्तिहरुलाई पैदल यात्रीका लागि १२ थान डस्बिन बितरण गरिएको हो।

डस्विन वितरण गर्दै वडा अध्यक्ष रामराज लामिछानेले वृहत पोखरा सरसफाईको अभियान नै आफ्नो वडाबाट भएको र अहिले राष्ट्रियस्तरमा अनुकरणीय कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै यस अभियानमा लाग्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा वडा सचिव लोक दर्शन कोईरालाले पोखरा बृहत सरसफाइ अभियानको सकरात्मक प्रभाव देशै भरी परेको वताउँदै वन तथा वातावरण मन्त्रालयले डस्विन उपलब्ध गराएको जानकारी दिनुभयो ।

सरसफाई अभियानको अनुरोधमा बन तथा बाताबरण मन्त्रालयले फोहर संकलन गर्ने डस्विन प्रदान गरेको सचिव कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा घरमा मरेको बिरालो सेतीनदिको तिरमा फाल्नेलाई पक्रेर पाँच सय जरिवाना गरिएको तथा हालसम्म निषेधित क्षेत्रमा फोहर गर्ने एक सय २५ जनाले जरिवाना तिरि सकेका छन् ।

Facebook Comments