रिटर्नी माइग्रेंट कास्की शाखामा बुद्धि सुवेदी चयन
रिटर्नी माइगे्रंट नेपाल कास्की शाखा गठन गरिएको छ । सोमबार भएको भेलाले बुद्धि सुवेदीको अध्यक्षतामा १३ सदस्यीय कास्की शाखाको कार्यसमिति चयन गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले विदेशमा गएर सीप र अनुभव हाँसिल गरेका व्यक्तिहरुले स्वदेश फर्केपछि लगानी र सीप दुवै गर्न सक्ने बताउनुभयो ।

रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी, महासचिव लक्ष्मी आचार्य, गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत लगायतले विदेशमा गएर सिकेका सिपलाई स्वदेशमा नै उपयोग गर्न खालको वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । कास्कीका संयोजक बुद्धि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा दिपक पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा अमृत घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Facebook Comments

