पोखराको विजयपुर क्षेत्रमा जामको हैरानी
पोखराको विजयपुर क्षेत्रमा हिजो आज यात्रुहरु टाफिक जामको हैरानीमा पर्ने गरेका छन् । पोखरा बजार भित्रने मुख्य नाका विजयपुर पुल मर्मतले हैरानीमा पर्ने गरेका यात्रु बेला बेला सोही क्षेत्रमा ठुला यातायातका साधन विग्रदा झनै हैरानीमा पर्ने गरेका हुन् ।
यसैविच बुधबार यात्रुले शुरुमा पुलमै एम्बुलेन्स विग्रेर हैरानी खेपे भने केही समय पछि चाउथे ओरालेमा ट्रक विग्रदा उता डाडाको नाक सम्म र यता औधोगिक क्षेत्र सम्म सवारी साधन लामलागेका थिए भने यात्रुहरु घण्टौ जाममा परेका थिए ।
विजयपुर खोलमा पुल चर्केपछि मर्मत सम्भार हुने क्रममा छ । जस्ले गर्दा हेभी लोड गाडीलाई डाइभर्सन गराइएको छ ।
Facebook Comments

