लायन्स क्लब अफ फेवा फुलबारीमा बोहोरा
लायन्स क्लब अफ फेवा फुलबारीमा लायन युबराज बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा ला.छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा ला.कुन्दनराज पौडेल, तृतीय उपाध्यक्षमा ला.संगीता पौडेल, सचिवमा ला.गुरुप्रसाद पौडेल, कोषाध्यक्षमा ला.टिकाराम कार्की चयन हुनुभएको छ ।
अध्यक्ष ला.सञ्जय बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ला.गोविन्दप्रसाद गौतमले निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । सचिव ला.गणेशबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष शंकरबहादुर जी ले संस्थाको सम्बन्धमा जानकारी दिनुभयो ।
Facebook Comments

