नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर सार्वजनिक

भरतपोखरी विकास मञ्चको आज यहाँ आयोजित एक कार्यक्रममा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान एवम् क्यालेन्डर सार्वजनिक गरिएको छ ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य, मञ्चका अध्यक्ष डिल्लीराम बराल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुका साथै सामूहिक रुपमा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले सरकार गठनको एक वर्षमा नीति निर्माण एवम् पूर्वाधार निर्माणले गति लिएको बताउँदै आगामी नयाँ वर्ष विकासको वर्ष हुने बताउनुभयो । नयाँ वर्ष ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानलाई अघि बढाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले विकास निर्माणमा सबैको समूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले वडामा विकास निर्माणको कामले गति लिएको बताउँदै वडामा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग र व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो । ३३ नं वडा उद्योग विकास समितिमा परेको जानकारी दिदै उहाँले उत्पादन लक्षित कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले मञ्चका तर्फबाट भरतपोखरीको विकासमा साझेदार सहयोगी संस्थाका रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभयो । मञ्चका महासचिव गणेशप्रसाद ढकालले मञ्चले भरतपोखरी क्षेत्रमा स्वास्थ्य शिविर, हाजिरीजवाफ, उद्घोषण तालिमका साथै शैक्षिक कार्यशाला, लगायतका कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो ।

मञ्चका सदस्य ऋषिमाया लामिछानेले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य दीपक लामिछाने, मञ्चका सल्लाहकारद्वय यज्ञप्रसाद अधिकारी र केशरप्रसाद निर्दोषी, सरस्वती टीका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, प्रधानाध्यापक नन्दलाल काफ्ले, सरस्वती टीका बहुमुखी क्याम्पसका अध्यक्ष पिताम्बर पौडेल, वडा शिक्षा समिति सदस्य गोपाल पुन, मञ्चका सदस्यहरू चेतबहादुर महत, विजया भण्डारी लगायतले नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments