लायन्स क्लव सम्वृद्धिद्वारा सचेतना

लायन्स क्लव अफ पोखरा सम्वृद्धिद्वारा स्थापना सचेतना एवं सीप विकास तालिमको शुभारम्भ गरेको छ । स्थानीय महिलाहरुलाई सुगर, ग्याष्ट्रिक, थाइराइड सम्बन्धी डा.युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श दिनुभएको थयो ।

सीप विकास अन्तर्गत बुटिक तालिमको शुभारम्भ लायन्स क्लव ३२५ बी १ गभर्नर इन्दु लम्सालले गर्दै सामाजिक कार्यसँगै महिला नेतृत्व, क्षमता सचेतनामा सम्पूर्ण क्लव लाग्नुपर्ने बताउनुभयो ।

क्लवका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेकेण्ड डिष्ट्रिक गभर्नर विश्वश्वर आचार्य, उपाध्यक्ष रेविका श्रेष्ठ, सचिव देवी श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

सराङ्कोट भवनमा भएको सो कार्यक्रममा विभिन्न टोल, संस्थाहरुका महिलाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments