नागढुङ्गा विकास समाजद्वारा कौशीखेती भिडियो रेकर्डिङ

पोखरा ८ नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले समुदायका सदस्यहरुमा कौशी खेती प्रति चासो जगाउने उद्देश्यले आसन्न तीज पर्वलाई लक्षित गरी गीत रेकर्डिङ कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष डम्मर राज सुवेदीद्वारा रचित गीतलाई कलाकार रविना गुरुङ तथा नारायण भट्टराईले स्वर दिनुभएको छ भने मनोज नेपालीले क्यामरामा साथ दिनुभएको थियो ।

“कौशी खेती प्रवद्र्धन गरौं, सभ्य ढंगबाट चाडपर्व मनाऔं, फजूल खर्च नगरौं, समाजमा एकता कायम गरौं” भन्ने जस्ता सन्देश सहित समाजको कार्यालयमा उक्त गीत रेकर्डिङ तथा छायांकन गरियो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा सदस्यहरु किरण गौतम, लक्ष्मी कौशल, कृष्णमान ठुसाजु, पुष्पराज सिग्देलको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा सम्पूर्ण जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

समाजका कार्यसमिति सदस्य तथा स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन कोषाध्यक्ष श्याम बहादुर श्रेष्ठले गरेका थिए भने समाजका सचिव अपिला बरालले मञ्च व्यवस्थापन सहित अतिथिलाई स्वागत गर्नुभएका

Facebook Comments