गुल्मेली समाजको रक्तदानमा ३४ युनिट रगत संकलन
रक्तदान जीवनदान भन्ने महान भावनाबाट पे्ररित भई गुल्मेली समाज पोखरा, कास्कीको आयोजनामा शनिवार पोखराान १६ औं खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि एवं नेपाल राष्ट्रबैक पोखरा शाखा प्रमुख पोमनारायण गौतमले समाजद्धारा रक्तदान जस्तो पवित्र कार्य गरेकोमा समाजलाई धन्यवाद दिदै आगामी दिनमा उक्त कार्यलाई निरन्तरता दिनै अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराका धु्रवहरी लामिछाने समाजको पूर्व अध्यक्ष बाबुराम बराल, शिव थापामगर, लक्ष्मण भण्डारी समाजका उपाध्यक्ष भानुभक्त भण्डारी लगायतले बालेका थिए । कार्यक्रममा गुल्मेली समाज पोखराका सदस्य मधु पन्थी र पुष्करकुमार श्रेष्ठलाई आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरियो । हाल समाजमा आजीवन सदस्य संख्या ५६ जना रहेका छन् ।
समाजका अध्यक्ष नेत्रलाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिव थापामगर र संचालन सचिव कमलप्रसाद न्यौपानेले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको सदस्य मधु पन्थी बताउनुभयो ।

