राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । आज पोखरामा पत्रकार सम्मेलन गरी पाँचौ राष्ट्रिय सम्मेलन गण्डकी प्रदेशको राजधानी पोखरामा गर्न लागिएको जानकारी गराएको हो ।

भूमिको अधिकारवाट वञ्चित भूमिहिन तथा सुकुम्वासीहरुको पक्षमा आवाज उठाउदै आएको संगठनको सम्मेलनको उद्घाटन पुर्वमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले गर्नुहुनेछ ।

उक्त कार्यक्रममा देशैभर वाट करिव १० हजार भूमिहिनको सहभागिता रहने आयोजकले जनाएको छ । फागुन २७ गतेदखि ३ दिनसम्म चल्लेसम्मेलनले आगामी तिन बर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

लोकतान्त्रीक पद्धती र समावेशी संरचनाको माग गर्दै २०६१ सालमा स्थापना भएकोे संस्थाले देशका ५९ जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ ।

Facebook Comments