उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । शनिबार बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो खुलेको छैन । पछिल्लो दुई हप्ताको अवधिमा उत्तर कोरियाले गरेको यो पाँचौ प्रक्षेपण हो ।

हाल अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया असन्तुष्ट रहेको बताइन्छ । अमेरिका र दक्षिण कोरियाबीच अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

गत जुलाइमा दुइ कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा ट्रम्प र किमबीच भेटवार्ता भएको थियो । भेटमा अमेरिका र उत्तर कोरियाबाचीको वार्तालाई निरन्तरता दिने सहमति भएको बताइएको थियो ।

त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल र रकेट प्रक्षेपण गर्दै आएको छ ।

एजेन्सीको सहयोगमा

Facebook Comments