गोरखामा बादर आतंक एउटै गाउँमा ३२ जना घाइते


गोरखा क्षेत्रन १का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारी (कुमार)ले गोरखाका केही गाँउमा बादरको आतंक भएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै अधिकारीले गोरखाको फुजेलमा मात्रै एक बर्षमा ३२ जना बादरको आक्रमणबाट घाइते भएको बताउनु भयो । उहाँले घाइते ब्यक्तिहरुको उपचारको लागि २० हजार देखि २ लाख सम्म खर्च लागेको र बादर बथानका बथान भएकोले बादर नियन्त्रण गर्न सरकार संग माग गर्नुभयो । बादरले खेतीपाती पनि नष्ट गरेकोले किसान बादर पिडित बनेको बताउनु भयो ।

Facebook Comments