सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने सरकारको तयारी

सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने तयारी गरेको छ । पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले कतार र युएईसँग श्रम नवीकरणका लागि आवश्यक छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताउनुभयो । उहाँले नेपाल सरकारले तत्काल कतार, युएई र जापानसँग श्रम सम्झौताका लागि टुंगो लगाएकाले अबको एक महिनाभित्र यी देशसँग सरकारीस्तरमा श्रम सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो ।

Facebook Comments