आज मौसम सफा रहने, पहाडी क्षेत्र दिउँसो तिर वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि भने पश्चिमी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमापातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Facebook Comments