सेकेण्ड भाइस गभर्नरमा ध्रुवबहादुर श्रेष्ठकाे उम्मेदवारी दर्ता
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नरमा ध्रुवबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएकाे छ । आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनका लागि श्नेष्ठले मनोनयन दर्ता गर्नुभएकाे हाे ।
सोमबार आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ र नोमिनेसन कमिटि संयोजक दीपक श्रेष्ठलाई मनोनयनपत्र हस्तान्तरण गर्नुभयाे । डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्याे ।
यस अगाडि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गराउनुभएकाे छ । श्रेष्ठ र आचार्यको मनोनयन दर्तासँगै लायन्सको आगामी महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाे छ ।
Facebook Comments

