न्यूनत्तम पारिश्रमिक नपाएकाे चितवनका पत्रकारकाे गुनासाे

चितवनमा पत्रकारकाे न्यूनतम पारिश्रमिक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति सञ्चार, सुचना तथा प्रविधि मन्त्रालय काठमाण्डौं र पत्रकार महासंघ चितवनको संयुक्त आयोजनामा श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवि पत्रकार र मिडिया सञ्चालकका समस्या विषयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले दक्षताको आधारमा उचित पारिश्रमिक नपाएको गुनासाे गरेका थिए ।  ठूला मिडियाले समेत न्यूनत्तम पारिश्रमिक नदिएकाे उनीहरूकाे गुनासाे थियाे ।

कार्यक्रममा चितवनमा निरन्तर क्रियाशिल ५० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियाे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकाअध्यक्ष गंगाधर पराजुलीले न्यूनतम पारिश्रमिक कार्यन्वयनका लागि पहल गर्ने बताउनुभयाे ।

सबै पत्रकारलाई बैंकिङ स्सिटममा आउन पराजुलीले आग्रह गर्नु भयाे । श्रमको मुल्य  नदिने कुनै पनि संघ–संस्थालाई कारवाही गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष अध्यक्ष राधेश्याम खतिवडाकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

Facebook Comments