विजय ढकालको स्मृतिमा दीप प्रज्ज्वलन
जनयुद्धका समयमा कास्कीका चर्चित युवा नेता सहिद विजय ढकालको स्मृतिमा सभा तथा द्वीप प्रज्ज्वलन गरिएको छ । सहिद स्मृति पार्कमा नेपाल कम्युनिष्ट पार्टीले स्मृतिसभा र द्वीप प्रज्ज्वलन गरेको हो ।

तत्कालीन अवस्थामा सेनाले ढकाललाई २०६१ साल पुस २९ गते कास्की जिल्लाको साम्मी मैदानमा निःशस्त्र अवस्थामा कब्जामा लिएपछि दुई घन्टासम्म तड्पाएर कुरतापूर्वक विजय ढकाललाई हत्या गरिएको थियो ।
२०३३ जन्मनुभएका ढकाल जनयुद्धको उच्कर्षको समयमा गण्डक क्षेत्रमा एउटा लोकप्रिय युवानेताका रुपमा रहनुभएको थियो । कास्की जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा रहँदा उहाँको हत्या भएको थियो ।
Facebook Comments

