सांसद पहारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । सांंसद पहारीले सोमबार एक समारोहका बिच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गर्नुभएको हो ।

कालाबाङमा रहेको भगवती आधारभुत बिद्यालयमा रहेका ३५ जना छात्र-छात्रा र भुल्भुलेमा रहेको युवा ज्योति आधारभुत बिद्यालयका २५ जना छात्र-छात्रालाई न्यानो कपडा वितरण गरिएको हो ।
सामाजिक जागरणको लागि नारी अभियान नेपालको संयोजनमा विद्यार्थीलार्य सुईटर, टोपी, मोजा, सेनिटरी प्याडको साथमा सावुन वितरण गरिएको थियो ।

जाडो मौसममा न्यानो कपडाको अभावमा अध्ययन गर्न कठिन परेका गरिब तथा विपन्न बर्गका बिद्यार्थीहरुलाई आफ्नो तलव भत्ता वापत आएको रकमबाट सानो सहयोग गरेको पहारीले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले सांसद पहारीले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरणलाई प्रंशसनीय कार्य भनी टिप्पणी गर्नुभयो ।

Facebook Comments