पानीजहाज कार्यालय सञ्चालन, ढुक्क हुनोस् टिकट पनि पाइन्छ : प्रधानमन्त्री
चासो र चर्चाको विषय बनेको पानी जहाज सञ्चालनका लागि सरकारले पानीजहाज कार्यालय सञ्चालनमा ल्याएको छ । बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारा नै बनाएर पटक पटक चर्चा गर्दा त्यसलाई ठट्टाको विषयमा लिने गरिए पनि विहीबार औपचारिक रुपमा कार्यालय शुभारम्भ गरिएको छ ।
नेपालको आफ्नै पानीजहाज कहिले चल्ने त्यो निश्चित नभए पनि पानीजहाज कार्यालय भने स्थापना भएको छ । एकान्तकुनामा रहने पानीजहाज कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
पानी जहाज चल्ने विषयलार्य ठट्टाको रुपमा लिइएकोबारे जानकार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाजको टिकट काट्न अब धेरै समय पखर्नु नपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कसैले जिस्काएर सोधे अब पानीजहाजको टिकट पाइने भो भनेमा केही महिनामा पानीजाहाजको टिकट काट्न पाइन्छ भनेर ढुक्कले जवाफ दिएमा फरक नपर्ने बताउनुभयो ।

केही मान्छेलाई जागिर खुवाउनलाई नभई देश बनाउन पानीजहाज कार्यालय खोलेको ओलीले भनाई थियो । नेपालमा पानीजहाजको बारेमा २०२७ सालमै प्रयास भएको थियो । १६ जना कर्मचारीसहित कार्यालय सञ्चालन हुनेछ ।

