फेसबुकमा सेयर तथा पाेष्ट नहुने, नखुल्ने समस्या

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएकाे छ । नेपाल लगायत विश्वका धेरै देशमा फेसबुककाे साइट डाउन भएकाे देखिन्छ । केही प्रयाेगकर्ताका कुनै पनि कमाण्डले काम नगरेपिछ रिपाेर्ट समेत गरेका छन् तर समस्या समाधान भएकाे छैन । कुनै बेला लग-इन नहुने, कुनै बेला न्युजफिडमा समस्या देखिने, अथवा पूरै काम नगर्ने र पासवर्ड चेन्ज समेत नहुने तथा कुनै पनि पाेस्ट गर्न र लाइक तथा कमेन्ट गर्न नमिल्ने समस्या देखिएकाे हाे ।

तर कतिबेला भने एक्कासि आफै राम्रोसँग काम गर्दैछ । याे समस्या सबैकाे प्रयाेगकर्ताकाेमा नदेखिए पनि कसैकाे एकाउन्टमा आंशिक र कसैकाेमा पनि पूर्ण रुपमा समस्या भएकाे गुनासाहरु आाइरहेका छन् । तर फेसबुक म्यासेन्जरमा भने उति समस्या देखिएकाे छैन । त्यस्तै इन्स्टाग्राम र ह्वाट्सएपमा समेत कतिपयको यस्तै खाले समस्या देखा परेकाे प्रयाेगकर्ताले बताएका छन् ।

फेसबुकले आफ्नाे सिस्टममा आश्चर्यजनक समस्या देखिएकाेले फिक्स गर्न लागिपरेको जनाएको छ । यो समस्या बुधबार बिहान ११ बजेतिरबाट अमेरिकाबाट सुरु भएको र पछि नेपाल लगायत विश्वका सबै ठाँउमा समस्या देखिएकाे हाे ।

एक वेबसाइट डाउन डिटेक्टर डटकम (जस्ले आउटेज भएका वेबसाइटको डिटेल देखाउँछ) ले जनाएअनुसार फेसबुकमा हिजोदेखि लाखौँले रिपोर्ट गरिसकेका छन् । तर के समस्या हाे भन्ने फेसबुक टिमले अझै यकिन गर्न सकेकाे छैन ।

Facebook Comments