अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित
अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण जनजीवन प्रभावित भएको छ भने कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरी समेत छन् ।
विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा सडक दुर्घटना भएको छ । मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भजिर्निया, मेरील्याण्ड, र डिसी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
हिम आँधीका कारण शैक्षिक संस्था र कलकारखाना बन्द हुनुका साथै सयौं हवाई उडान रद्ध भएका छन् । विद्युत आपूर्ति बन्द हुंदा कान्सासदेखी डिसी क्षेत्रसम्मका लाखौं जनता प्रभावित भएका छन् । हिउँका कारण अबरुद्ध सडक सुचालु गर्न सयौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।
Facebook Comments

