लायन्स क्लब मिड टाउन र लिड नेपालको संयुक्त आयोजनामा रक्तदान, ५२ युनिट रगत संंकलन

लायन्स क्लब अफ पोखरा मिड टाउन र नेतृत्व तथा विकास (लिड) नेपालको संयुक्त आयोजनामा बिहीबार पोखरामा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सुनादेवी श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा सदस्य निशा मल्ल ठकुरीले सामाजिक काममा संघसंस्थाहरुको सक्रियता हुनुपर्ने बताउनुभयो । रक्तदान कार्यक्रम उदाहरणीय सामाजिक काम भएको उहाँको भनाइ छ ।

मिड टाउनका अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा लिड नेपालका अध्यक्ष रामबहादुर थापा मगर, लायन्सका सिनियर एडभाइजर चण्डी अर्याल, रिजन चियरपर्सन अर्जुन थापा, जोन चियरपर्सन सोवित पौडेल, प्रथम उपाध्यक्ष विश्वास भण्डारी, लिडका उपाध्यक्ष महेन्द्र भुर्तेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments