मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु

सरकारले मुलुकभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । यस बर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाउँ’ भन्ने नाराका साथ भर्ना अभियान सुरु गरिएको हो ।

वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुवैतर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यसअघि युनिसेफले जारी गरेको एक रिर्पोटमा नेपालको विद्यालय भर्नादर विश्वमै उत्कृष्ट रहेको जनाएको थियो ।

Facebook Comments