नेपालमा चार पांग्रे गाडीको एसेम्बलिङ गर्ने कोरियाली कम्पनीको प्रस्ताव

नेपालमा नै चार पांग्रे गाडीको एसेम्बलिङ गर्ने कोरियाली कम्पनीको प्रस्ताव लगानी बोर्डले स्वीकार गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार कोरियाको एक कम्पनीले १० अर्ब ५४ करोडको लगानीमा नेपालमै चार पांग्रे सवारी साधन एसेम्बलिङ गर्ने प्रस्ताव राखेको थियो ।

अधिकारीले कोरियाली कम्पनी मोट्रेक्सले गरेको प्रस्तावलाई स्वीकार गरिएको जानकारी दिनुभयो । मोट्रेक्सले बार्षिक २० हजार गाडी उत्पादन गर्ने प्रस्तावमा उल्लेख गरेको छ । कार, जीप लगायतका ५० हजार गाडी उत्पादन गर्न सक्ने क्षमता उक्त कम्पनिको कार प्लान्ट उत्पादन युनिट बुटवलमा राख्ने बताइएको छ ।

Facebook Comments