दाजुभाइ च्याउ फार्ममा आगालागी, करिव ३ लाखको क्षति
पोखरामा एक च्याउ फार्ममा आगलागी भएको छ । पोखरा महानगरपालिका १९ पुरनचौर चितेपानी मा रहेको दाजुभाइ च्याउ फार्ममा गए राति करिव १२ वजेको समयमा आगालागी भएको हो । च्याउ लगाउन तयारी गरीएको उक्त फर्मका ५वटा टनेल पुर्ण रुपमा ध्वस्त भएका छन् । आगोलागिवाट करिव ३ लाखको क्षति भएको फर्मका संचालक कृण्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

शनिबार विहान फार्ममा गएपछि मात्र आफुले थाहा पाएको संचालक सुवेदीले भनाइ छ । यो कुनै दुर्घटना नभई सुनियोजित घटना भएको हुनसक्ने भन्दै माछापुच्छ्रे गाउँपालिका वडा नं २ इलाका प्रहरी कार्यालय भुर्जुङखोलामा निवेदन दिएको उहाँले जानकारी दिनुभयो । प्रहरी निवदेनको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
१ करोडको लगानीमा विगत १० वर्ष देखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै ठूलो च्याउ फर्ममा ८० टनेल रहेका थिए । फार्ममा १५ जनाले रोजगारी पाएका छन् । पोखराको वडानं ३३ बागमारा घर भई वडानं १९ पुरनचौरमा च्याउ खेती गर्दे आएका छन् ।

