विदाको दिनमा चलाएको भन्दै कास्कीका सहायक प्रजिअ चढ्ने गाडी नियन्त्रणमा
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले कास्कीका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चढेको गाडी नियन्त्रणमा लिएका छन्।
शनिबार कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा बरालकी सासुआमा र उनकी श्रीमती सवार थिए।
सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिनुभयाे ।

‘सार्वजनिक बिदाको दिन बिनापास सरकारी गाडी चलेको देखेपछि नियन्त्रणमा लिएका हौँ’, सचिव सापकोटाले भन्नु भयो, ‘उहाँसँग पास रहेनछ, हामीले पास मागेपछि बल्ल पास झिकेर भर्न खोज्नु भयो। हामीले पास भर्न नदिइ नियन्त्रणमा लिएका हौँ।

पक्राउ परेको गाडी कास्कीका प्रमुख जिल्ला अधिकारीको अनुरोधमा सहायक सीडीओले अव आइन्दा दुरुपयोग नगर्न प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको छ। क्रान्तिकारीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनलाई अन्य प्रयोजनका लागि चलाउने नदिने अभियान अन्तर्गत नै गाडी नियन्त्रणमा लिएको बताउनुभयो ।
‘हाम्रो उद्देश्य भनेको सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भन्ने हो, हाम्रै पार्टीका मन्त्रीले पनि यसको दुरुपयोग गरे भने नियन्त्रण गर्छौँ।’ सापटकोटाको भनाई थियो । सरकारको बदनाम गराउने काम कर्मचारी तन्त्रबाट भएको सेवा ग्राहीलाई सेवा लिन जादा राम्रो ब्यहार नगर्ने गरेका जस्ता गुनासो आउने गरेको भन्र्दै गाडी मात्रै होइन राम्रो काम नगर्ने कर्मचारीलाई पनि क्रान्तीकारीले नछाड्ने सापकोटाले चेतावनी दिनु भयो ।
सरकारको बन्दाम गराउने काम कर्मचारी तन्त्रबाट भएको सेवा ग्राहीलाई सेवा लिन जादा राम्रो ब्यहार नगर्ने गरेका जस्ता गुनासो आउने गरेको भन्र्दै गाडी मात्रै होइन राम्रो काम नगर्ने कर्मचारीलाई पनि क्रान्तीकारीले नछाड्ने सापकोटाले चेतावनी दिनु भयो ।

