जापनमा कामदार लैजान लिइने भाषा परीक्षाका लागि तालिका सार्वजिनक, नेपाल परेन
उत्तम पन्डित / जापान
कामदार भिसामा जापान आउने नेपालीहरुको लागि यो बर्ष लिने भाषा परीक्षाको तालिकामा नेपाल परेन । यसअघि 2019 अप्रिलबाट भाषा तथा सिप परिक्षा सुरु गरी २ प्रकारको भिसामा जापान लैजाने भनिएको थियो । तर भर्खरै जापानले सार्वजनिक गरेको जापानी भाषा परीक्षा जे यल् पि टि को तालिकामा नेपाल बाहेक अन्य देशहरुको मात्र नाम समावेश गरिएकाे हाे ।
जसले गर्दा सन् २०१९ मा कामदार भिसामा नेपालीहरुले जापान प्रवेश पाउने सम्भावना निकै कम रहेको छ । जापान गयर पैसा कमाउने सपना बोकेर नेपालका बिभिन्न शहरहरुमा पैसा खर्च गरी जापानि भाषा सिक्दै गरेका नेपालीहरुले रोजगार दाता मुलुकको पछिल्लाे निर्णय अनुसार सजग भएर तयारीमा लाग्नुपर्ने भएकाे छ ।

Facebook Comments

