नयाँ बर्षका अवसरमा चितवन पोखरा सम्पर्क समाजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चितवन पोखरा सम्पर्क समाजले शुभकामना आदान प्रदानका कार्यक्रम गरेको छ । चितवनबाट विभिन्न पेशा, व्यवसाय र बबसाई सराइका क्रममा पोखरा आई बस्नु हुने दाजुभाई तथा दिदिबहिनीहरुको सहभागितामा नयाँ वर्ष वि.सं २०७६ सालको शुभकामना आदान प्रदान गरिनुका साथै क्यालेण्डर समेत विमोचन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी चितवन साहित्य संगम, माडी साहित्य परिवार तथा शारदा स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष श्री पोषराज पौडेलले सम्पर्क समाजले सामाजिक उत्तरदायित्व बहनमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथी पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल ईन्जिनियरीङ्गका निर्देशक डा.राम प्रसाद अर्याल, क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व निर्देशक इन्द्रमणि ढकाल तथा पर्यटन बन उद्योग तथा वातावरण मन्त्रालयका उप सचिब दिवाकर पौडेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले कार्यक्रममा उपस्थित सम्पूर्ण चितवन बासी दाजुभाई तथा दिदिबहिनीहरुलाई नयाँ वर्ष वि.सं २०७६ सालको शुभकामना व्यक्त गर्नुको साथै क्यालेण्डर प्रकाशन कार्यमा विज्ञापन दिई सहयोग गर्नुहुने सवै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरी सम्पन्न भएको थियो ।

संस्थाका उपाध्यक्ष दिलिप पनेरुले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम समाजका सचिब तारा सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments