माउण्ट कैलाससँगै औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनिक प्रविधि सहित औरा बार एण्ड लाउन्ज सञ्चालन गर्न लागिएको सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । गुणस्तरीय सेवा प्रवाह गरे बापत विदेशी विभिन्न अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगँको नयाँ भवनमा बार सञ्चालन गर्न लागिएको हो ।

सय जना क्षमताको लाउन्ज बारको बैशाख १३ गतेबाट सफ्ट् ओपनीङ गरी बैशाखकै अन्तिम शुक्रबार ग्रान्ड ओपनिङ गर्ने तयारी छ । भट्टराईले स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्षित गरि बार सञ्चालनमा ल्याउन लागेको उल्लेख गर्नुभयो ।

१० करोडको लगानी रहेको लाउन्जमा नयाँ प्रविधिको साउण्ड सिष्टम जडान गरिएको छ । जस्ले गर्दा उत्कृष्ट क्वालिटीको साउण्ड सुन्न सकिने सञ्चालक भट्टराईले दावी गर्नुभयो । उहाँका अनुसार यस्तो प्रविधिको साउण्ड सिस्टमा काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग भएको हो भने लाउन्जमा हरेक दिन लाइभ व्याण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती रहने छ ।

Facebook Comments