भेट्रान्स बास्केटबलको उपाधि ठमेल यूनाइटेडलाई

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ ।

आइतबार पोखरामा सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधि हाँसिल गरेको हो । उपाधी संगै ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा कास्की भलिबल संघका खेलाडी रबिन साही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर घोषित हुँदै विशेष ट्रफी प्राप्त गरेका छन ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोबिन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगायतले बिजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवम नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुनलाई सम्मान गरिएको थियो ।

Facebook Comments