चैते धान र मकैका लागि ध्यान दिनुपर्ने कुरा(विस्तृत)

पहाडी तथा तराईका क्षेत्रमा हिउँदे अर्थात् चैते धान लगाउने बेला हुन लागेको छ । चैते धान रोप्दा, व्याड तयार गर्दा ध्यान दिनुपर्ने हुन्छ । तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका हर्दिनाथ १, चैते २, चैते ४, चैते ५ र चैते ६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुपर्ने विज्ञको सुझाव छ ।

ब्याड बनाउँदा १ मीटर चौडाई र आवश्यकता अनुसार लम्बाई, दुई व्याडको वीचमा ५० सेन्टीमिटरको पानी जाने नाली, कम्पोष्ट र गोबर मल (राम्रो पाकेको) प्रयोग गर्नुपर्दछ ।
त्यस्तै मकै रोप्न सिजन पनि शुरु भएको छ । कतिपय ठाउँमा मकै पनि रोपिसकिएको छ । अरुण ३, अरुण ४, अरुण ६, रामपुर हाईब्रिड ८ र रामपुर हाईब्रिड १० प्रयोग गर्न सक्नेछन् ।

श्राेत कृषि-मौसम सल्लाह सेवा बुलेटिन

Facebook Comments