तनहुँको देवघाट ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा

तनहुँको देवघाट गाउँपालिकाको वडा नं. ५ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमकावीच प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको हो ।

सो अवसरमा वडाबासीहरुलाई सरसफाईका ६ वटा सुचकहरु बारेमा प्रशिक्षित गराइएको थियो । पुर्ण सरसफाईको अभियानलाई दिगो रुपमा संञ्चालन गर्दै जिवन पद्धती को रुपमा अवलम्वन गर्न कार्यक्रममा आग्रह गरिएको छ । सो अवसरमा चर्पी प्रयोग, पानी प्रयोग सम्वन्धी सुरक्षित व्यवहार, सफा घर आंगन, सफा वातावरण लगाएतका अन्य सुचकलाई व्यवहारमा उतार्न आग्रह गरीएको थियो ।

तस्विर प्रकाशचन्द्र भट्टराइकाे फेसबुक

Facebook Comments