व्यवसायी विपिन (विपेन्द्र) बतास विरूद्ध पक्राउ पुर्जी जारी

व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बतास विरूद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी परेकाे थियाे । जाहेरी दर्ता साेमबार भएकाे थियाे ।

पोखरा ६ का जनकराज पहारी र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै जाहेरी दर्ता गरापछी मंगलबार अदालतले पुर्जी जारी गरेको हो ।

पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ । लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतास ठगिएकाे जाहेरीमा उल्लेख गरिएकाे छ ।

Facebook Comments