गण्डकी प्रदेशका २६ कर्मचारीलाइ पुरस्कृत गरिने

गण्डकी प्रदेश सरकारले २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश स्थापना दिवसमै पुरस्कृत गर्ने भनिएपनि तयारी नपुगेका कारणा राेकिएकाे थियाे । सम्मानित हुनेमा प्रदेशका प्रमुख सचिवदेखि मन्त्रालयका कार्यालय सहयोगीसम्म रहेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वको समितिले सम्मानित कर्मचारीको नाम सिफारिस गरेको थियो । प्रमुख सचिव शर्माको सिफारिसको नामलाई मन्त्रिपरिषदको बैठकले छनोट गरेको हो । कर्मचारीलाइ नगदसहित पुरस्कार प्रदान गर्न लागिएकाे हाे । पुरस्कार राशी २५ हजार, ५० हजार र ७५ हजार रुपैयाँ रहेकाे छ ।

Facebook Comments