जेट एअरवेजको सबै उडान स्थगित
भारतको ठूलो मध्येको वायुसेवाप्रदायक जेट एयरवेजले आफ्ना सबै उडान स्थगित गरेको छ । एयरवेजले बुधबार बेलुकीदेखि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित गरेको जानकारी दिएको छ । यसअघि शुक्रबारदेखि नै सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको जेट एअरवेजले आन्तरिक उडान समेत स्थगित गरहेको हो ।
२५ वर्ष पुरानो एयरलाइन्स कम्पनी जेटले बुधबार राती भारतीय समय अनुसार साढे दस बजे अमृतसार मुम्बई दिल्लीमा अन्तिम उडान गरेको थियो । चरम आर्थिक संकटमा परेपछि भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज उडान स्थगित गर्न बाध्य भएको हो ।
’तत्काल हामीले आर्थिक व्यवस्थापन गर्न नसकेकाले सबै उडान स्थगित गरेका छौं। बुधबार राती जेटको अन्तिम उडान हुनेछ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनेको छ । इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड भएका हुन् ।

