पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तयार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थलको धावनमार्ग निर्माणका काम सकिएको छ । योसँगै विमानस्थलका ३५ प्रतिशत काम सकिएको जनाइएको छ ।

अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीब्र रुपमा भइरहेको छ । विमानस्थल कार्यालय श्रोतका अनुसार ढलान गरिएको धावनमार्गमा आकस्मिक अवस्थामा ल्याण्ड गर्न सकिने छ ।

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउनदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि २०२०को डिसेम्बरसम्ममा निर्माण कार्य पुरा हुने अपेक्षा गरिएको छ ।

Facebook Comments