स्याङजाका कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन


स्याङजाको भीरकोट नगरपालिका वडानं ३ बानेथोकका पुराना कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन भएको छ । केसीको ८९ बर्षको उमेर मंगलबार राती उहाँकै निबास साविकको बानेथोक देउराली वडानं ५ मा निधन भएको हो ।

बुधबार केसीको प्रार्थिव शरिरमा गण्डकी प्रदेशका सांसद एवं विधायन समितिका सभापति मोहन रेग्मीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झण्डा ओडाएर सम्मान ब्यक्त गर्नुभयो । रेग्मीले केसीको निधनले सिङगो पार्टीले असल अभिभावक गुमाएको बताउनुभयो ।

रेग्मीले स्वर्गीय केसी प्रति श्रद्धाञ्जली ब्यक्तगर्दे उहाँको परिवारमा समवेदना ब्यक्त गर्नुभयो ।केसीको पार्थिव शरिरमा नेकपा नेता कार्यकता, भीरकोट काग्रेसका नेता कार्यकर्ता, जनप्रतिनिधिहरुले पुष्प गुच्छा अर्पण गरेर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । केसीको आजै स्याङजा र पाल्पाको संगल स्थल कालीगण्डकीको रामधी धाममा अन्तिम सस्कार गरिएको परिवारजले जनाएको छ । स्वर्गीय केसीको ३ छोरी र ७ छोरा रहेका छन् ।

केसीका छोराहरुपनि कम्युनिष्ट पार्टीमा सक्रिय रहनु भएको छ । स्थानीय तहको निबार्चनमा भीरकोट नगरपालिकामा साविक नेकपा एमालेको तर्फंबाट मेयर पदका उम्मेदवार सन्तोष केसीको उहाँका माइलो छोरा हुनुहुन्छ ।

२०१८ साल देखिनै कम्युनिष्ट आन्दोलनमा लाग्नु भएका केसी समाजसेवीको रुपमा पनि परिचित हुनुहुन्थो । रोजगारीको शिलसिलामा भारतको कोलकत्तामा रहदा पनि उहाँले कम्युनिष्ट आन्दोलनलाई सहयोग पु¥याउदै आउनु भएको कम्युनिष्ट नेताहरु स्मरण गर्छन ।

साविकको बानेथोक देउराली गाविसमा २०५४सालको निर्बाचनमा वडा अध्यक्षमा नेकपा एमालेले उम्मेदवार बनाउदा केसी ३ मत अन्तरले चुनाव हार्नुभएको थियो । यद्यपी उहाँ चुनावमा पराजित भएपनि सामाजिक कार्य र पार्टीको काममा सधै सक्रिय नै रहनुभयो ।

Facebook Comments