खाद्यान्न एवं आवश्यक सामाग्री सहयोग कार्यक्रम

‘सामाजिक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’भन्ने मुल नाराका साथ जेठ ३१ गते देखी संचालन भैरहेको पोखरा लेडी जेसिज बर्ष २०१९ को सप्ताहब्यापी कार्यक्रमको पाँचौ दिन खाध्यान्न सामाग्री बितरण र आवश्यक सामाग्री बितरण कार्यक्रम गर्दै सम्पन्न भएको छ ।

पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीको अध्यक्षतामा पोखरा का २ भिन्न स्थान मा दुई भिन्न समूह लाई लक्षित गरी यि कार्यक्रम आयोजिना गरिएका थिए ।

जसमा पोखरा महानगरपालिका वडा नं. ३३ स्थित सरस्वती टिका मा. वि. मा आवासीय संरक्षणमा रहेका बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई मनोरन्जनात्मक सामाग्री अन्र्तगत ६ सिट क्षमता भएको घुम्ने पिङ बिद्यालयमा हस्तान्तरण गरिएको थियो ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. १५ टुटुंगा स्थित आरोग्य आश्रम मा रहनु भएका बुबा—आमाहरुलाई वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौड्ल ज्यू को प्रमुख आथित्यमा आयोजित कार्यक्रम बीच खाध्यान्न बितरण सम्पन्न भएको छ ।

Facebook Comments