नेपाल पत्रकार महासंघ कास्की शाखा देशभरकै उत्कृष्ठ शाखा

नेपाल पत्रकार महासंघ कास्की शाखा उत्कृष्ठ शाखाको रुपमा सम्मानित हुने भएको छ । नेपाल पत्रकार महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान पोखरामा भएको नेपाल पत्रकार महासंघको विधान सभालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको शाखालाई केन्द्रले उत्कृष्ठ शाखाका रुपमा सम्मान गर्ने लागेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले विधानसभाका साथै वर्ष भरी विभिन्न उत्कृष्ठ कार्य सम्पादन गरे वापत उत्कृष्ठ शाखा घोषणा गरेको हो । केन्द्रले आगामी चैत १६ गते कास्की शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गर्ने बताइएको छ ।

Facebook Comments