कुटपिटको अभियोगमा जापानमा ४ नेपाली पक्राउ
कुटपिटमा संलग्न रहेको अभियोगमा, जापानको टोकियोमा ४ जना नेपाली पक्राउ परेका छन् । उनिहरु ४ जनामा १ महिला र ३ पुरुष रहेका छन् ।
उनीहरुले अघिल्लो महिनाको ५ तारिख रातीको समय टोकियोको सिन्जुकुकु भन्ने ठाउँमा बोटोमा एक १९ वर्षीय नेपाली युवकलाई कुटपिट गर्दा ती युवककाे अनुहारमा गम्भीर चाेट लागेकाे थियाे ।
जापान प्रहरीका अनुसार कुटाइबाट युवककाे हड्डी भाँचिएको छ । पक्राउ पर्नेमा २७ वर्षीय दिलिप लामा ,सुनिता शाही र अन्य २ जना रहेका छन् ।
टोकियो महानगरिय प्रहरीका अनुसार, घाईतेको शरीरकाे अन्य स्थानमा पनि चाेट लागेको छ ।
Facebook Comments

