गण्डकी प्रदेशमा नमुना कृषि गाउँका लागि प्राविधिक छनौट गरिदैं
गण्डकी प्रदेशमा नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम सञ्चालनका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३६ जना कृषि प्राविधिकको माग गरेकामा ५ सय भन्दा बढीको परेको छ ।

३६ जना प्राविधिक माग गरिएकोमा ५ सय ९६ जनाको आवेदन परेको हो । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन अन्तर्गत काम गर्ने गरी प्राविधिक छनौट गर्न लागिएको हो ।
गण्डकी प्रदेशका ३६ वटा प्रदेश निर्वाचन क्षेत्रमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन र्ने प्रदेश सरकारको योजना रहेको छ । आवेदन परेकामध्ये योग्य प्राविधिक छनौट गर्न माघ २३ देखि २५ गतेसम्म अन्तर्वार्ता गरिने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

शैक्षिक योग्यताको प्राप्तांक, कृषि वा पशु सम्बन्धि क्षेत्रमा काम गरेको अनुभव अवधि, महिला, पिछडिएको वर्ग वा क्षेत्र, दलित, जनजाति, अपाङ्गताको प्रमाण खुलाउने सक्कल प्रमाण, कार्यक्रम सञ्चालन हुने सम्बन्धित स्थानीय तह, जिल्ला वा प्रदेशको स्थायी ठेगाना र विषयवस्तुको ज्ञान, सीप र प्रस्तुतीकरणको आधारमा प्राविधिक छनौट गरिने पनि मन्त्रालयले जनाएको छ ।

