कास्कीमा चोरी गर्ने गिरोहका ३ जना पक्राउ
जिल्ला कास्की पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा चोरी गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । चोरीका घटना बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ, स्बिप अपरेशन, आशंकित ब्यक्तिहरुको निगरानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिएर गरिएको अनुसन्धानका क्रममा पक्राय गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चितवन जिल्ला राप्ती न.पा.११ घर भई हाल पोखरा म.न.पा.बडा नं १० घलेचोक बस्ने बर्ष १९ को सुनिल श्रेष्ठ, वाग्लुङ जिल्ला जैमिनी नगरपालिका ९ घर भई हाल पोखरा म.न.पा.२५ हेम्जा बस्ने बर्ष २७ को खुमप्रसाद थापा र जिल्ला कास्की पोखरा म.न.पा.९ पृथ्बिचोक बस्ने बर्ष २३ को गगन खवासलाई पक्राउ गरेको हो ।
निजहरुलाई शंकास्पद आवस्था हिडिरहेको अवस्थामा पोखरा पृथ्वीचोकबाट प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सोधपुछका क्रममा ३ जना मिलेर पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सो समूहको साथबाट नगद रु २० हजार ६ सय १० भा.रु.३० कतारियन दिनार रु.१५०, मोबावइल ४ थान, घडी २ थान, क्यामरा, मेमरी कार्ड, सुनौलो रङको १७ टुक्रा ६९ लाल, सुनौलो कानमा लगाउने टप २ थान लगायत कुखुरी सहितका हातहतियार बरामद गरिएको समेत जनाइएको छ । प्रहरीका अनुसार जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको छ ।

