मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय सम्मेलन हुँदै

पोखरामा विहीबारदेखि मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन हुँदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको जानकारी दिइएको हो ।

आयोजक संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी नेपालसँगै भारत, चीन, श्रीलंका, पाकिस्तान, मलेशिया, संयुक्त राज्य अमेरिका, हंङकङ, सिंगापुर, लगायतका देशका गरि दुई सय जना मुत्ररोग सम्वन्धि शल्य चिकित्सकहरुको सहभागिता रहने छ ।

हाल महिलाहरुमा पिसाव सम्वन्धि रोग बढी रहेकोले सम्मेलनमा महिलाहरुको मुत्ररोग सम्वन्धी भावी कार्यदिशाका वारेमा छलफल हुनेछ । सानै उमेरमा आमा बन्ने, धेरै बच्चा जन्माउने, अस्पतालमा भन्दा पनि घरमै बच्चा जन्माउने, लामो प्रशव पिडा र सुत्केरी अबस्थामा उचित स्हाहार नपुगेका कारण महिलाहमा विसाव चुहिने पिसाव रोक्न नसक्ने पाठेघर खस्ने र सक्रमण हुने समस्या बढदै गएको सम्मेलन आयोजक समितिका अध्यक्ष डा ध्रुवबहादुर अधिकारिले जानकारी दिनुभयो ।

सम्मेलनमा महिलाहरुमा यस्ता रोगको निराकरण गर्न राष्टिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा अपनाईएका उपचार पद्धतिसँगै आ आफनो अनुभव आदान प्रदान लगायतका विषयमा छलफल हुनेछ । उहाँका अनुसार मुत्ररोगसगै सम्वन्धि अन्य रोगहरु पत्थरी, क्यान्सर, संक्रमण सम्वन्धि आध’निक उपचार पद्धतीको वारेमा पनि अन’भव आदान प्रदान सगै छलफल हुनेछ ।

तिनदिने सम्मेलनको पहिलो दिन विहिवार ति रोग संग सम्बन्धित आठ बटा अप्रेशनका भिडियो हेरि सहभागिहरुले त्यसमा छलफल गर्नेछन भने दोस्रो र तेस्रो दिन विभिन्न विषयमा विभिन्न ६५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

हाल महिला पुरुष दुवैमा पिसाव चुहिने रोग बढीरहेको भए पनि रोग लुकाउने गरेकाले समस्या पैदा भएको भन्दै डा.अधिकारीले पिसावको रोगसंग सम्बन्धित सबै रोगको नेपालमै उपचार हुने जानकारी दिदै रोग नलुकाउन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा संगठनका केन्द्रिय अध्यक्ष प्राडा चन्द्र शेखर, महासचिव पवनराज चालिसे, सम्मेलन आयोजक कमिटिका सचिव डा हरिबहादुर थापा र कोषाध्यक्ष डा गणेशभक्त आर्चाय लगायतले मुत्रररोग सम्बन्धि विभिन्न विषयमा जानकारि दिएका थिए । ६१ सालमा स्थापना भएको संगठन हाल १ सय २३ जना चिकित्सकहरु आवद्ध रहेका छन् ।

Facebook Comments