काँग्रेस नेतृ प्रियंकाद्वारा गंगायात्रा सुरु
भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नुभएको छ । उहाँले उत्तर प्रदेशको मयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर तीन दिने यात्रा गर्नुहुने बताइएको छ ।
“गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ,” महासचिव प्रियंकाले पत्रकारहरुसँग भन्नुभयो । उहाँले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गर्नुभएको हो ।
यात्राका क्रममा प्रियंका डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा दर्शन गर्ने कार्यक्रम रहेको छ । उहाँसँग पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु सहभागी भएका छन् ।
गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ । उहाँले आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै जनतासँग संवाद गर्न आफूले यात्रा तर गरेको बताउनुभएको छ । भ्रमणका क्रममा माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

