बेटर चितवनको अगुवाईमा फागु पुर्णिमाको अवसरमा चौविसकोठीमा सरसफाई
भरतपुर महानगरपालिका–१० स्थित चौविसकोठीमा फागु पुर्णिमाको अवसर पारी सरसफाई गरिएको छ । उक्तm स्थानमा रहेको आइल्याण्ड र वरपर सरसफाईका साथै रंगरोगन गरिएको छ । युवाहरुको सामाजिक संस्था बेटर चितवनले आइल्याण्डमा रगंरोगन गर्दै फागु पुर्णिमा अर्थात् होली पर्व मनाएका हुन् ।

युवाहरुको सामाजिक संस्था बेटर चितवनको अग्रसरतामा विभिन संघसंस्थाका व्यक्तिहरु समेतको उपस्थितिमा मंगलबार विहानैदेखि सरसफाई र रंगरोगन गरिएको हो । बेटर चितवनका संयोजक सागर कार्कीले विगतका वर्षहरुमा पनि आइल्याण्डको सरसफाई गर्दै आईरहेकोमा होलीको दिन रगरोगन गरिएको जानकारी दिनुभयो । उहाँले रंग दलेर होली मनाउनु भन्दा रगं लगाएर आईल्याण्डलाई राम्रो बनाउन उपयुक्त लागेकाले आइल्याण्ड व्यवस्थित बनाउने कार्यमा लागिपरेको बताउनुभयो ।
युवा विद्यार्थीहरुको संस्था बेटर चितवनले आइल्याण्डभित्र विरुवा रोप्नुको साथै विदाको समयम मिलाएर सरसफाई गर्दै आईरहेको थियो । मंगलबार रगंरोगन गर्न सरसफाई अभियानमा खटिदै आएको वे ग्रुपले समेत साथ दिएको थियो । आइल्याण्ड सरसफाईमा भरतपुर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

चौविसकोठीमा रहेको आइल्याण्डमा यसअघि राजाको शालिक रहेको थियो । २०६२र६३ को जनआन्दोलन पछि राजाको शालिक फालियो । विं.स.२०६५ सालमा निम्बस नामक संस्थासंगको सहयोगमा तत्कालिन भरतपुर नगरपालिका र उद्योग वाणिज्य संघ चितवनले गैंडाको प्रतिमा राखेर आइल्याण्डलाई व्यवस्थित बनाइएको थियो । भरतपुर महानगरकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत् सरसफाई हरियाली अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

