दक्षिण कोरियामा विवाह दरमा कमी

दक्षिण कोरियामा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०१७ काे तुलनाम सन् २०१८ मा विवाहदरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको हाे ।

आर्थिक अस्थिरतालाइ विवाह दरमा कमी आउनुकाे कारण हुन सक्ने अनुमान गरिएकाे छ । युवायुवतीले आर्थिक असुरक्षााकाे कारण विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।

सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क राख्दै आएकाे छ ।

समाचारमा जनाइए अनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो । सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क सुरु गरेयताको सबैभन्दा बढी दर हो । यो तथ्याङ्कमा बर्षेनी कमी हुने क्रममा रहेकाे छ ।

सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो । दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ ।

Facebook Comments