खुसी देशमा फिनल्याण्ड पहिलो

संसारकै खुसी देशको उपाधि फिनल्यान्डले जितेको छ । गत बर्षजस्तै यस बर्ष सार्वजनिक भएको खुसी देशको सूचिमा फिनल्याण्ड पहिलो भएको हो । डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ । त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको छ ।

यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १५६ देशमा गरेको अनुसन्धानका आधारमा बुधबार ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१९’ सार्वजनिक गरेको हो । बुधबार ’अन्तर्रा्ष्ट्रिय खुसी दिवस’का अवसरमा रिपोर्ट सार्वजनिक गरिएको हो ।

आम्दानी, स्वतन्त्रता, विश्वास, स्वस्थ्य जीवन, सामाजिक सहयोग र उदारता लगायतलाई आधार मानेर सूची तयार पार्ने गरिन्छ ।

Facebook Comments