श्रीलंकामा विस्फोटको शृङ्खला, कर्फ्यु जारी
श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको शृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।
विस्फोटमा परि १ सय ८५ जना भन्दा धेरैको बढी भएको छ । बिस्फोटमा परि ४ सय भन्दा बढि घाइते भएका छन् । बिस्फोट कसले किन गरायो भन्ने प्रष्ट भएको छैन । तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ ।
अस्पतालहरु घाइतेहरुले भरिएका छन् भने धेरैको शब अस्पतालमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Facebook Comments

