पानीजहाज विस्फोट भएपछि १४ जनाको जीवितै उद्दार

तान्जिनियामा मालवाहक पानीजहाजमा आगलागी हुँदा त्यसमा रहेका १४ जनाको जीवितै उद्दार गरिउको छ । पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले जीवितै उद्दार गरेका हुन् । घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा ब्ल्याक सी मा आगलागी भएको थियो । रुस नियन्त्रित क्राइमियाको केर्च स्ट्रेट नजिकै पुगेका बेला पानी जहाजमा आगलागी भएको थियो ।

अधिकारीहरुका अनुसार ग्यासको ट्यांकर बोकेको एउटा पानी जहाजमा आगो लागेपछि विस्फोट भएको थियो । सोही विस्फोटका कारण नविकै रहेको अर्को पानी जहाजमा समेत आगो लागेको बताइएको छ । दुई पानी जहाजमा १७ जना चालक दलका सदस्य थिए । उनीहरु टर्की र भारतका हुन् । यस्तै अन्य १४ जनासमेत पानी जहाजमा रहेको बताइएको छ ।

Facebook Comments